चीनको विशाल दूरसञ्चार कम्पनी हुवावेका अध्यक्ष केन हुले संयुक्त राज्य अमेरिका र विश्वका अन्य सरकारलाई आफ्नो उत्पादनबाट सुरक्षा खतरा रहेको प्रमाण देखाउन चुनौती दिएका छन् ।
हुवावे टेक्नोलोजी लिमिटेडको मुख्यालयमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष हुले हुवावेका उत्पादनहरू कुनै ‘विचारधारा र भूराजनीतिक’ धारणाबाट निर्देशित छन् भन्ने आरोपमा सत्यता नरहेको बताए । उनले अस्ट्रेलिया र अरू बजारमा पाँचौँ पुस्ताको दूरसञ्चार सञ्जाल विस्तारमा भइरहेको अवरोधले उपभोक्ता ठगिने दाबी गरे । केन हुले भने, ‘अरूका उत्पादन महँगा हुनेछन् र नवीन प्रविधिको परीक्षणमा अरू कम्पनीको काम गराइ ढिलो छ ।’
अस्ट्रेलिया र न्युजिल्यान्डले सुरक्षा खतराको कारण दर्शाउँदै पाँचौँ पुस्ता (फाइभ–जी) को सञ्जाल विस्तारमा हुवावेलाई रोकेका छन् । यी दुई मुलुकले संयुक्त राज्य अमेरिका र ताइवानसँग पनि सहकार्य गरेका छन् ।
चारवटै देशले संगठित रूपमा हुवावेका उत्पादनलाई आफ्ना देशमा भित्रिन नदिन प्रयत्न गरिरहेका छन् । जापानको साइबर सुरक्षा निकायले जापान सरकारले हुवावेसमेतका उच्च जोखिमयुक्त संसाधन खरिद नगर्ने बताएको छ ।
पछिल्ला कदमले हुवावेमाथि खासै असर भने परेको छैन । हुवावे अहिले विश्वकै सबैभन्दा ठूलो दूरसञ्चार नेटवर्क निर्माणकर्ता तथा पाँचौँ पुस्ता (फाइभ–जी) को विकासमा अग्रणी कम्पनी हो । तर, विश्लेषकहरूका अनुसार हुवावेमाथिको दबाब यथावत् रहेमा सन् २०२२ सम्ममा यसको व्यवसायमा २० अर्ब डलरले कमी आउनेछ ।
प्रायः अन्तर्वार्ता दिन नचाहने अध्यक्ष केन हुले यसपटक अमेरिकी, युरोपेली र एसियाली पत्रकारहरूसँग झन्डै २ घन्टा २० मिनेट कुराकानी गरे ।
‘यदि तपाईंसँग कुनै प्रमाण छ भने त्यसलाई सार्वजनिक गर्नुप¥यो,’ हुले भने, ‘सायद हुवावेविरुद्ध होइन र सायद यो आमजनतासँग सम्बन्धित पनि होइन होला । यो कार्य अरू टेलिकम कम्पनीका कारण भइरहेको हुन सक्दछ, किनभने उनीहरू हुवावेका सामग्री खरिद गर्न बाध्य भइरहेका छन् ।’
पूर्वचिनियाँ सैनिक इन्जिनियरले सन् १९८७ मा स्थापना गरेको हुवावेले चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो कम्पनीलाई नियन्त्रण गरेको भन्ने आरोपमा सत्यता नरहेको दाबी गरेको छ । अथवा यसले गोप्य उपकरण चिनियाँ सरकारका लागि डिजाइन पनि गरेको छैन ।
खासगरी पाँचौँ पुस्ताको उपकरण विकास गरेपछि हुवावेमाथि आक्रमण शुरु भएको हो । यो प्रविधिले स्वचालित कार, मेडिकल उपकरण तथा विद्युतीय प्लान्टसमेतका स्थानमा टेलिकम प्रदायक कम्पनीहरूलाई मद्दत गर्दछ जसको अथाह आर्थिक सम्भावना छ । पाँचौँ पुस्ताको प्रविधि विकासले टेलिकम नेटवर्कलाई मुलुकको रणनीतिक राष्ट्रिय पुँजीका रूपमा लिन थालिएको छ ।
‘हाम्रा उपकरणले कुनै पनि किसिमको सुरक्षा खतरा निम्त्याएको कहीँ पाइएको छैन,’ हुले भने । ‘हामीलाई कुनै पनि देशले आफ्ना नेटवर्क नष्ट गर्न अनुरोध पनि प्राप्त भएको छैन ।’
हुवावे चीनको पहिलो विश्वव्यापी प्रभाव राख्ने प्रविधि क्षेत्रको कम्पनी हो । यो कम्पनीमा हाल एक लाख ८० हजारले रोजगारी पाएका छन् भने यस वर्ष कम्पनीको बिक्री १०० अर्ब डलर पुगेको छ ।
हुका अनुसार हुवावेलाई प्रतिस्पर्धा गर्न नदिने हो भने अस्ट्रेलियामा फाइभ–जी नेटवर्क निर्माणमा १५ देखि ४० प्रतिशत बढी महँगो पर्नेछ । हुवावेका अनुसार हुवावेले २५ वटा टेलिकम कम्पनीका लागि फाइभ–जी उपकरण आपूर्ति गरिरहेको छ । हालसम्म १० हजारभन्दा बढी फाइभ–जीका बेस स्टेसन अन्य देशमा आपूर्ति गरिएको कम्पनीले जनाएको छ ।
हाम्रा ग्राहकले हामीलाई निरन्तर विश्वास गरेकामा गर्व लागेको छ– हुले भने । तर, हुवावेका प्रमुख वित्तीय अधिकृतलाई क्यानडामा पक्राउ गरिएकामा कम्पनी दुःखी बनेको हुले बताए ।
प्रतिक्रिया