चोरीमा संलग्न खोलामा हामफालेपछि प्रहरीचौकी तोडफोड

चोरीमा संलग्न खोलामा हामफालेपछि प्रहरीचौकी तोडफोड


नुवाकोट र रसुवाको सिमाना मैलुङ शान्तिबजारमा निर्माणाधीन त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको निर्माण सामग्री चोरिरहेको क्रममा पक्राउ परेका चारमध्ये एक युवक त्रिशूली नदीमा फालहानेको नुवाकोट प्रहरी कार्यालयले जनाएको छ ।

आज बिहान २ बजे सो आयोजनाको निर्माण सामग्री पाइप र फलाम चोरिरहेको क्रममा पक्राउ परेका रसुवाको उत्तरगया गाउँपालिका–२ का १९ वर्षीय मैते तामाङ प्रहरीको घेरा तोडेर त्रिशूली नदीमा हामफालेको किस्पाङका अध्यक्ष छत्रबहादुर लामाले बताए ।

नुवाकोट प्रहरीले समन्वयात्मक रूपमा कार्य गर्न नसकेको जनाउँंदै आज दिनभरि मैलुङ क्षेत्र तनावग्रस्त भएको छ । प्रहरी र स्थानीयवासीबीच दोहोरो झडपको स्थिति थियो । स्थानीयवासी आक्रमण र तोडफोडमा उत्रिएपछि प्रहरीले सात राउन्ड हवाइफायर गर्नुपरेको प्रहरीले जनाएको छ ।

स्थानीयवासी र प्रहरीबीच दोहोरो झडप हुँदा मैलुङ चौकीमा स्थानीयवासीले तोडफोड गरेको प्रहरीले जनाएको छ । झडपमा प्रहरीका हवल्दार चन्द्रिका भगत र अर्का एक जवान घाइते भएको प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताए ।