नेपाल खेलकुद महासंघ (नेकोस) अन्तर्गतको राष्ट्रिय जुडो संघ, नेपालको आयोजनामा नेकोस पाँचौँ अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता पुस ६ गत शुक्रबारदेखि हुने भएको छ ।
प्रतियोगितामा नेपाल, जापान र भुटानका २ सय ९६ खेलाडीको सहभागिता रहने आयोजक राष्ट्रिय जुडो संघका अध्यक्ष धर्मकुमार श्रेष्ठले पुस ४ गते बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । पुरुष तथा महिलातर्फ समान १०–१० गरी २० स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।
सो अवसरमा पारा राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत दोस्रो राष्ट्रिय पारा जुडो प्रतियोगिता पुस ५ गते बिहीबार हुने जानकारी दिइयो । राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा नेपाल बहिरा तथा दृष्टिविहीन पारा जुडो संघको व्यवस्थापनमा हुने प्रतियोगितामा २२ खेलाडीले विभिन्न १० स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् ।
बिहीबारै राष्ट्रिय जुडो संघको आयोजनामा दोस्रो नेकोस भेट्रान जुडो प्रतियोगिता पनि हुँदै छ । ८ स्पर्धामा ५० प्रतिस्पर्धी सहभागी हुनेछन् । तीनै प्रतियोगितका खेलहरू खुसिबुस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र्र (एमएमएसी) मा हुनेछ ।
प्रतिक्रिया