मैत्रीपूर्ण क्रिकेट खेल्न दुई खेलाडी कतारमा

मैत्रीपूर्ण क्रिकेट खेल्न दुई खेलाडी कतारमा


नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचित समितिले दुईजना क्रिकेटरलाई कतार पठाउने निर्णय गरेको छ । कतार क्रिकेट संघले आफ्नो राष्ट्रिय दिवसको उपलक्ष्यमा आयोजना गर्न लागेको मैत्रीपूर्ण क्रिकेट खेलका लागि पत्राचार गरेपछि क्यानले दुईजना खेलाडी पठाउने निर्णय गरेको हो । उक्त कुराको जानकारी महासचिव अशोकनाथ प्याकुरेलले गराएका छन् ।

क्यानले छनोट गरेका दुईजना खेलाडी स्पिनर सञ्जम रेग्मी र उमेर समूहका खेलाडी हसिम अन्सारीले अब उक्त प्रतियोगितामा सहभागिता जनाउनेछन् । आउँदो मंगलबार कतारको राष्ट्रिय क्रिकेट टिम र विभिन्न राष्ट्रबाट छनोट गरिएका खेलाडीबीच मैत्रीपूर्ण खेल हुनेछ ।

खेलाडीलाई क्यानका उपाध्यक्ष दिवाकर घलेले बिदाइ गरेका थिए । दुवै खेलाडीले एक खेलको ८–८ सय डलर (९० हजार रुपैयाँभन्दा बढी) म्याच फी पाउने क्यानले जनाएको छ ।