वर्तमान नेपाली शिक्षा ‘बेरोजगार उत्पादन गर्ने शिक्षा’ : प्रम ओली

वर्तमान नेपाली शिक्षा ‘बेरोजगार उत्पादन गर्ने शिक्षा’ : प्रम ओली


प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको नेपाली शिक्षा बेरोजगार उत्पादन गर्ने शिक्षा जस्तै बनेको स्वीकार गरेका छन् । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको मस्यौदा प्रतिवेदनमाथिको छलफलमा प्रधानमन्त्री ओलीले शिक्षाले व्यावसायिक जनशक्ति उत्पादन गर्नु अहिलेको आवश्यकता रहेको औंल्याए ।

विहिबारको बैठकमा उनले भने, ‘कुन क्षेत्रमा कस्तो खाले जनशक्तिको आवश्यकता हो, सोही अनुसार नै विद्यालयले विद्यार्थी भर्ना गर्नुपर्छ ।’ विकसित देशको शिक्षा र पिछडिएको देशको शिक्षा जहिले पनि फरक रहने उनको भनाई छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गत असार ३२ गते उक्त आयोग गठन भएको थियो । सो बैठकमा मन्त्री पोखरेलले उच्चस्तरीय आयोगले नेपालको शिक्षाको दीर्घकालीन योजना तय गर्ने जानकारी दिए ।