प्रसाईं र किरणलाई स्वर्ण

प्रसाईं र किरणलाई स्वर्ण


प्रसाईं रुम्बा र किरण दाहालले पारा राष्ट्रिय खेलकुद च्याम्पियनसिपअन्तर्गत दोस्रो राष्ट्रिय पारा जुडो प्रतियोा बिहीबार स्वर्ण जितेका छन् । राष्ट्रिय खेलकुद परिषद (राखेप) को आयोजना तथा नेपाल बहिरा तथा दृष्टिविहीन पारा जुडो संघको व्यवस्थापनमा भएको प्रतियोगिताको पुरुष ४५ केजीमुनि प्रसाईं तथा ५० केजीमुनि किरणले स्वर्ण जितेका हुन् ।

नयाँ बजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र्र (एमएमएसी) मा भएको प्रतियोगिताको पुरुष ५५ केजीमुनि राजेन्द्र बोहरा, ६० केजीमुनि आनन्द पाण्डे, ६६ केजीमुनि निश्चल सिवाकोटी र ७३ केजीमुनि मनोज भट्ट पहिलो भए । महिला ४२ केजीमुनि सीमा तामाङ, ४४ केजीमुनि मनीषा गिरी र ४८ केजीमुनि बर्मा बुढामगरले शीर्ष स्थान हात पारे ।

नेपाल खेलकुद महासंघ (नेकोस) अन्तर्गतको राष्ट्रिय जुडो संघ, नेपालको आयोजनामा नयाँबजारमा बिहीबारै दोस्रो नेकोस भेट्रान जुडो प्रतियोगिता पनि सम्पन्न भएको छ ।
विभिन्न समूह विभाजन गरी खेलाइएको प्रतियोगिताअन्तर्गत समूह ‘ए’मा मनोजबहादुर केसी, ‘बी’मा पदमबहादुर बुढाथोकी, ‘सी’ मा इन्द्र डंगोल, ‘डी’मा कोमललाल श्रेष्ठ, ‘ई’ मा दीपककृष्ण श्रेष्ठ, ‘एफ’ मा धर्मकुमार श्रेष्ठ र ‘जी’ मा दलबहादुर गुरुङ पहिलो भए । महिलाको समूह ‘ए’ मा देवु थापाले पहिलो स्थान हात पारिन् ।

राष्ट्रिय जुडो संघकै आयोजनामा पाँचौँ नेकोस अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता शुक्रबारदेखि एमएमएसीमा सुरु हुँदै छ ।