महिलालाई अमानवीय व्यवहार गर्ने तीन पक्राउ

महिलालाई अमानवीय व्यवहार गर्ने तीन पक्राउ


सप्तरीमा ५१ वर्षीया महिलालाई अमानवीय व्यवहार गरेको आरोपमा एक महिलासहित तीनजना पक्राउ परेका छन् । शनिबार राति पीडितको कपाल मुडेर जुत्ताको माला लगाई अमानवीय व्यवहार गरेको आरोपमा प्रहरीले खड्ग नगरपालिका–२ का ५५ वर्षीय रूपनारायण राम, ३५ वर्षीया अहिल्यादेवी राम र १८ वर्षीय सुनील रामलाई पक्राउ गरेको जनाएको छ ।

चरित्रहीनको झुटो आरोप लगाई कपाल काटेर जुत्ताको माला लगाई अत्यन्तै अमानवीय व्यवहार गरेको पीडितले बताएकी छिन्् । इलाका प्रहरी कार्यालय कडरबोनाले अभद्र व्यवहार गरेको आरोपमा आरोपितलाई पक्राउ गरी कारबाही शुरु गरेको प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले बताए ।