राष्ट्रिय एकता नेपालीको पहिचान–मुख्यमन्त्री राई

राष्ट्रिय एकता नेपालीको पहिचान–मुख्यमन्त्री राई


प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले स्वदेश तथा विदेशमा रहेका नेपाली दाजुभाइ तथ दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

किराँत समुदायको महान्पर्व उधौली (साकेला, साकेन्वा, चासोक तङनाम, चासुवार फोलस्याँदर) २०७५ को उपलक्ष्यमा आज शुभकामना व्यक्त गर्दै उनले उधौलीजस्ता चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई एक–आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपालीको पहिचान कायम गर्न महत्वपूर्ण योगदान पु¥याएको छ भने ।

यस्ता मौलिक तथा सांस्कृतिक चाडपर्वले सामाजिक एवं पारिवारिक जमघट गराउनाका साथै विभिन्न समुदायबीच आपसी सद्भाव सुमधुर बनाउन सहयोग गरेकोे शुभकामना मन्तव्यमा उल्लेख थियो ।

उनले भने, ‘धार्मिक तथा सांस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा मनाइने यस्ता चाडपर्वको माध्यमबाट कायम हुने एकता तथा सामाजिक सद्भावलाई दिगो र दरिलो बनाउनेतर्फ लाग्नु हामी सबैको कर्तव्य हो ।’