गुडिरहेको मिनीट्रकबाट खस्दा एकको मृत्यु

गुडिरहेको मिनीट्रकबाट खस्दा एकको मृत्यु


गुडिरहेको मिनीट्रकबाट खसेर आज सूर्यविनायक नगरपालिका – ९ नंखेलका गणेश ब्याञ्जुको मृत्यु भएको छ ।

अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक नगरपालिकाको नलिञ्चोकमा मिनीट्रकको पछाडि बसेर यात्रा गरिरहेका ब्याञ्जुको खसेर मृत्यु भएको महानगरीय प्रहरीवृत्त जगातीका प्रहरी नायब उपरीक्षक शिशु शर्माले जानकारी दिए ।

प्रहरीले मिनीट्रक र चालक भक्तपुर गोल्मढी बस्ने २५ वर्षीय मनिष खायमलीलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको उनले बताए ।