काठमाडौं आसपासमा बिहानै भूकम्पको धक्का

काठमाडौं आसपासमा बिहानै भूकम्पको धक्का


काठमाडौँलगायत आसपासका क्षेत्रमा आइतबार बिहा भूकम्पको धक्का महशुस गरिएको छ । अमेरिकन जियोलोजिकल सर्भेले भक्तपुरदेखि ३ किलोमिटर दक्षिण–पश्चिम केन्द्रविन्दू बनाएर आइतबार बिहान ४ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।

सर्भेका अनुसार स्थानीय समय बिहान करिब ५ बजेर ६ मिनेटमा धक्का महशुस गरिएको हो ।

तर राष्ट्रिय भूकम्प मापन केन्द्रले भने सिन्धुपाल्चोक केन्द्रविन्दू बनाएर ५ बजेर ६ मिनेटमा भूकम्प गएको दावी गरेको छ । सो धक्का ४.७ रेक्टर स्केलको रहेको केन्द्रले जनाएको छ । यो धक्का पनि २०७२ सालको गोरखा बारपाक भूकम्पकै परकम्प रहेको जनाइएको छ ।