मेस्सी र डेम्बेलेको गोलमा बार्सिलोनाको सहज जित

मेस्सी र डेम्बेलेको गोलमा बार्सिलोनाको सहज जित


स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा उपाधिको दाबेदार मानिएको बार्सिलोनाले सहज जित निकालेको छ । बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले सेल्टा भिगोमाथि २–० गोल अन्तरको सहज जित निकालेको हो ।

बार्सिलोनालाई सहज जित दिलाउनका लागि कप्तान लिओनल मेस्सी र फ्रेन्च विंग उसामान डेम्बेलेले समान १–१ गोल गरे । बार्सिलोनाले दुवै गोल पहिलो हाफमा गरेको थियो । खेल सुरु भएको १०औं मिनेटमै डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । उनले विपक्षी गोलरक्षकबाट रि–बाउन्ड भएर आएको बललाई कडा सर्ट लिँदै गोलरक्षकको टाङमुनिबाट छिराएका थिए ।

त्यसपछि खेलको ४५औं मिनेटमा कप्तान मेस्सीले आकर्षक गोल गर्दै अग्रता २–० बनाए । उनले जोर्डी अल्बाको पासमा सानदार गोल गरेका थिए । मेस्सीको गोलपछि बार्सिलोनाले पहिलो हाफमा २–० को सहज अग्रता लिएको थियो । त्यसपछि दोस्रो हाफमा दुवै टिमबाट गोल हुन सकेन । जितपछि बार्सिलोना १७ खेलबाट ३७ अंक जोडेर लिगको शीर्ष स्थानमा यथावत नै रहेको छ । समान १७ खेल खेलेको एथ्लेटिको मड्रिड ३४ अंकसहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै १६ खेल खेलेका सेभिल्ला ३१ अंकसहित तेस्रो स्थानमा छ । सेभिल्लासँग समाना खेल खेलेको रियल मड्रिडसँग २९ अंकसहित चौथो स्थानमा रहेको छ ।

सेभिल्ला ३१ अंकसहित दोस्रो स्थानमा रहेको छ । सेभिल्लासँग समाना ३१ अंक रहेको एथ्लेटिको मड्रिड तेस्रो स्थानमा छ भने १६ खेल खेलेको रियल मड्रिडसँग २९ अंकसहित चौथो स्थानमा रहेको छ । वर्ष २०१८ को अन्तिम खेलमा स्पेनिस बार्सिलोनाले सहज जित निकालेको छ । नेपाली समयअनुसार आइतबार बिहान सम्पन्न ला लिगाको १७औं साताको खेलमा बार्सिलोनाले सेल्टा भिगोमाथि २–० को जित निकालेको हो ।