जनता बैंकले खेलाडीलाई पाँच वर्ष पुरस्कृत गर्ने

जनता बैंकले खेलाडीलाई पाँच वर्ष पुरस्कृत गर्ने


नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको आयोजनामा यसै महिना हुने उत्कृष्ट खेलाडी सम्मान कार्यक्रममा सर्वोत्कृष्ट घोषित हुने एक महिला र एक पुरुष खेलाडीले जनही एक लाख पुरस्कार पाउने भएका छन् ।

अघिल्लो वर्षका प्रतियोगिताहरूमा गरेको प्रदर्शनका आधारमा सर्वोत्कृष्ट खेलाडीको घोषणा गरिने संघले जनाएको छ । संघका अनुसार सर्वोत्कृष्ट हुने पुरुष र महिला खेलाडीलाई प्रदान गरिने पुरस्कार यस वर्षदेखि जनता बैंकले उपलब्ध गराउने भएको छ ।

सम्झौताअनुसार बैंकले आगामी पाँच वर्षसम्म संघलाई सर्वोत्कृष्ट खेलाडी पुरस्कारका लागि प्रतिवर्ष दुई लाख रुपैयाँ उपलब्ध गराउनेछ ।

बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत अजय मिश्र र खेलाडी संघका तर्फबाट अध्यक्ष दीपक श्रेष्ठले सम्झौतापत्रमा आज (आइतबार) हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार बैंकले आगामी पाँच वर्षसम्म संघलाई सर्वोत्कृष्ट खेलाडी पुरस्कारका लागि रु. दुई लाख उपलब्ध गराउनेछ ।

सो अवसरमा अध्यक्ष श्रेष्ठले बैंकको यो सहकार्यबाट खेलाडीहरूलाई विशेष प्रोत्साहन मिलेको बताए । अन्तर्राष्ट्रिय जगतमा देशको नाम उच्च राख्न पसिना बगाउने खेलाडीलाई प्रोत्साहित गर्ने उद्देश्यमा संघले लामो समयदेखि वर्ष खेलाडी सम्मान कार्यक्रम आयोजना गर्दै आएको छ ।