इन्डोनेसियामा शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीबाट ज्यान जाने व्यक्तिको संख्या १६८ पुगेको छ ।
इन्डोनेसियाको सुन्दा स्ट्रेटमा शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको भीषण रूपमा आएको सुनामीको कारण आइतबार बिहानसम्म १६८ व्यक्तिको मृत्यु हुनको साथै ३० सर्वसाधारण बेपत्ता भएका इन्डोनेसियाको प्रकोप व्यवस्थापन विभागले जानकारी दिएको छ ।
दक्षिणी सुमात्रा र पश्चिमी जाभा द्वीपका तटीय क्षेत्रमा रहेका हजारौँ भवन ध्वस्त भएका इन्डोनेसियाको प्रकोप व्यवस्थापन विभागका प्रवक्ता सुटोपो पुर्वो नुग्रोहोले बताएका छन् ।
सो विभाग दिएको पछिल्लो विवरणअनुसार यस प्रकोपमा परी १ सय ६८ को मृत्यु हुनुको साथै अन्य ७ सय ४५ जना घाइते भएका छन् । अझ पनि यस प्रकोपमा परी ३० व्यक्ति हराइरहेका छन् । हराएको व्यक्तिको खोजी कार्यका कठिनाइ देखिएको प्रवक्ता सुटोपोले बताए ।
इन्डोनेसियामा बारम्बार ज्वालामुखी विस्फोट भएको पाइन्छ । शनिबार राति विस्फोट भएको यस ज्वालामुखीको नाम ‘क्राकाटोआ’ हो । यस ज्वालामुखी विस्फोटपछि सुनामी आएको हो । भौगर्भिक अधिकारीहरूले पहिला ज्वालामुखी विस्फोट भएको र त्यसका कारण समुद्रमुनिको जमिनमा पहिरो गएकोले सुनामी आएको हुन सक्ने अनुमान गरेका छन् ।
प्रतिक्रिया