अशुराज श्रेष्ठलाई अध्यक्षमा पुनः निरन्तरता दिँदै नेपाल गोजुकाई कराते डो सङ्घको प्रथम चुनावी साधारणसभा धुम्बाराहीमा सम्पन्न भएको छ । सभाले श्रेष्ठको अध्यक्षतामा १८ सदस्यीय केन्द्रीय कार्यसमितिसमेत निर्विरोध चयन गरेको छ ।
चार उपाध्यक्षमा जंगबहादुर हमाल, जनार्दन उप्रेती, अच्युतराज उप्रेती र किशोर हेक्का रहेका छन् । इन्द्रबहादुर शाही खड्गेले महासचिव, विमलप्रसाद थपलियाले सचिव र श्यामकृष्ण बाटाले कोषाध्यक्षको जिम्मेवारी पाए ।
त्यस्तै जयप्रकाश राई, शान्ति लामा, पेम्बा शेर्पा, सिर्जना दाहाल, मीना तामाङ, सागर केसी, राकेशकुमार राजवंशी, सुशीलराज उप्रेती, बालकुमारी थामी र मनोजकुमार उप्रेती सदस्यमा चयन भए । नवनिर्वाचित पदाधिकारीहरूलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले प्रमाणपत्र प्रदान गरेका थिए ।
प्रतिक्रिया