ज्वालामुखीपछिको आँधीका कारण २२२ जनाको मृत्यु

ज्वालामुखीपछिको आँधीका कारण २२२ जनाको मृत्यु


ज्वालामुखीपछि आएको आँधीका कारण इन्डोनेसियामा मृत्यु हुनेहरुको संख्या २२२ पुगेको छ ।

इन्डोनेसियाको सुन्डा स्त्राइटको किनारामा भएको घटनामा परी अन्य सयौँ घाइते पनि भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

आँधीले सयौँ घरहरुलाई असर पारेर भत्किएको छ । स्थानीय समयअनुसार आइतबार विहान ९.३० मा आँधी आएको हो ।

नाटकीय यस ज्वालामुखी र आँधीको भिडियोहरु सामाजिक संजालमा देखिएका छन् । ती भिडियोहरुमा आकस्मिकरूपमा बर्षा भएको, संरचनाहरु भत्किएकोलगायतका दृश्यहरू देखिएको थियो ।

‘दृश्यहरु आशु झर्ने खालका थिए,’ स्थानीय बासिन्दा रेइफिन फजारस्याहले भने । उद्धारकर्ताहरुले खोजी तथा उद्धार कार्य जारी रहेको जनाएका छन् ।

पछिल्लो विवरण अनुसार अहिले सम्म मृत्यु हुनेको संख्या २२२ पुगेको पुष्टी भएको छ भने ८५३ जना घाइते भएका र २८ जना बेपत्ता भएका छन् । (रासस÷एएफपी)