आफैँले घरमा आगो लगाएपछि….

आफैँले घरमा आगो लगाएपछि….


भोजपुरको पौवादुङमा गाउँपालिका–३ च्यांग्रेमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ । गए राति ११ बजे स्थानीय कुमार श्रेष्ठको घरमा आगलागी भएको हो ।

आगलागीबाट खाद्यान्न, लत्ताकपडा, नगदलगायत जलेर नष्ट हुँदा रु. चार लाख ५० हजारबराबरको क्षति भएको प्रहरीको भनाइ छ । घरमुली कुमारको मानसिक सन्तुलन ठीक नभएकाले आफैँले आगो लगाएको आशंकामा प्रहरीले अनुसन्धानको लागि कुमारलाई नियन्त्रणमा लिएको छ ।

आगो स्थानीयवासी, जनप्रतिनिधि तथा प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए ।