आफैँले बोकेको बन्दुक पड्किँदा छातीमा गोली

आफैँले बोकेको बन्दुक पड्किँदा छातीमा गोली


मोरङमा आफँैले बोकेको बन्दुक पड्किँदा एक प्रहरी जवान घाइते भएका छन् । आज (सोमबार) बिहान मोरङको उर्लाबारी प्रहरी कार्यालयबाट गस्तीमा रहेको प्रहरी भ्यानमै प्रहरीले बोकेको बन्दुक पड्किएको हो । बन्दुक पड्किएर प्रहरी जवान सञ्जीव खड्का घाइते भएका हुन् । उनी गम्भीर घाइते भएको बताइएको छ ।

गस्तीमा रहेको बा.१झ६४५० नम्बरको मोबाइल भ्यान उर्लाबारी नगरपालिका– ३ स्थित थापा चोकमा पुग्दा खड्काले बोकेको बन्दुक एक्कासि पड्किएको थियो । बन्दुक पड्किँदा खड्काको छातीमा गोली लागेको छ । उनको अहिले विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

बन्दुक खड्का आफैँले पड्काएका हुन् या अन्य कुनै कारणले पड्कियो भन्ने खुलेको छैन । यस विषयमा प्रहरीले अनुसन्धान शुरु भएको बताइएको छ ।