प्रदेश ३ को खुला बक्सिङ छनोट सुरु

प्रदेश ३ को खुला बक्सिङ छनोट सुरु


गणेशमान सिंह फाउन्डेनसको आयोजनामा वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुला बक्सिङ प्रतियोगिताको प्रदेश ३ खेलाडी छनोट सोमबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शुरु भएको छ ।

प्रतियोगितामा पुरुषमा ८ र महिलामा ६ स्पर्धामा भिडन्त भइरहेको मूल आयोजक समितिका संयोजक राजीव श्रेष्ठले जनाएका छन् । प्रतियोगितामा ३८ खेलाडी सहभागी छन् । प्रतियोगिताको पूर्वउपप्रधानमन्त्री एवं फाउन्डेसनका अध्यक्ष प्रकाशमान सिंहले एक कार्यक्रमबीच उद्घाटन गरे । छनोट पुस १० गते मंगलबार सम्पन्न हुनेछ ।