घर फोरेर चोरी गर्ने दश पक्राउ

घर फोरेर चोरी गर्ने दश पक्राउ


महानगरीय प्रहरी वृत्त महाराजगञ्जले घर फोरेर चोरी गर्ने दशजनालाई पक्राउ गरेको छ ।

वृत्तको टोलीले उपत्यकाका विभिन्न स्थानमा घर फोरी चोरी गर्ने कार्यमा संलग्न सुमन थापामगर, मनीषा नेम्वाङ, अनिशा खाम्चामगर, सोनी लामा, सुनिल मगर, उद्धव थापा, रविन थापामगर, सविता सुनुवार, सञ्जय तामाङ र गौतम मन्नालाई मंगलबार साँझ पक्राउ गरेको हो । वृत्तका प्रमुख फणीन्द्र प्रसाईंका अनुसार गोंगबु क्षेत्रमा चोरी गर्नेलाई चार दिनको खोजतलासपछि पक्राउ गरिएको हो ।

चोरी गरेका गहना उनीहरूले न्युरोडस्थित गौतम मन्नाको पसलमा बिक्री गर्ने गरेका थिए । त्यही गहना स्वरूप परिवर्तन गरी ग्राहकलाई बेच्ने गरेको अनुसन्धानका क्रममा खुलेको छ । पक्राउ परेकाबाट प्रहरीले सुनको ब्रासलेट एक थान, मंगलसूत्र एक थान, सुनको बेरुवा औँठी एक थान, सुनको झुम्का एक जोर, तिलहरी एक थान, सुनको जन्तर दुई थान, मोबाइल सात थान, नगद रु. ९४ हजार, घडी पाँच थान तथा पर्स एक थान बरामद गरेको छ ।