इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य समायोजन

इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य समायोजन


नेपाल स्टक एक्सचेञ्जमा नेपाल इन्भेष्टमेन्ट बैंकको नयाँ सेयर मूल्य समायोजन भएको छ । बैंकले आर्थिक वर्ष ०७४–७५ को नाफाबाट प्रस्ताव गरेको १८ प्रतिशत सेयर लाभांशसँगै आज मूल्य समायोजन गरेको हो ।

स्टकले बैंकको सेयर लाभांशपश्चात् प्रतिकित्ता रु. ५७७ मा सेयरमूल्य समायोजन भएको जनाएको छ । बैंकको औसत आधारमूल्य रु. ६६७ रहेको छ ।

बैंकले आव ०७४–७५ को नाफाबाट प्रस्ताव गरेको १८ प्रतिशत सेयर लाभांश र २२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । बैंकले यही पुस २९ गते वार्षिक साधारणसभाको आह्वान गरेको छ । हाल बैंकको चुक्ता पुँजी रु. १० अर्ब ६४ करोड ५६ लाख रहेको छ भने लाभांश वितरणपछि चुक्ता पुँजी रु. १२ अर्ब ५६ करोड १८ लाख पुग्नेछ ।