टिपरले किच्दा महिलाको मृत्यु

टिपरले किच्दा महिलाको मृत्यु


वीरगञ्ज–पोखरिया सडकखण्डको गर्दौलमा टिपरले ठक्कर दिँदा आज एक महिलाको मृत्यु भएको छ । ना.६ख ७२८२ नम्बरको टिपरले ठक्कर दिँदा पोखरिया नगरपालिका–७ निवासी सविना खातुनको मृत्यु भएको हो ।

ना.२ह ३४७३ नम्बरको ट्याम्पुबाट सडकमा लडेकी सविनालाई विपरीत दिशाबाट आउँदै गरेको टिपरले किच्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक सविनाको शव परीक्षणका लागि वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।