ब्युटी केयर व्यवसायले समाज सुधारमा सहयोग : पूर्बअर्थमन्त्री कोईराला

ब्युटी केयर व्यवसायले समाज सुधारमा सहयोग : पूर्बअर्थमन्त्री कोईराला


पूर्बअर्थमन्त्री तथा साहित्यकार शंकर कोईरालाले ब्युटी केयर ब्यबसायले समाजिक सुधारको अभियानमा ठुलो सहयोग पु¥याएको बताएका छन् । रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरको ११ औ बार्षिकोत्सबको अबसरमा आयोजित सम्मान कार्यक्रममा पूर्बमन्त्री कोईरालाले ब्युटी केयर पेशाले महिला शशक्तिकरणमा उल्लेख भूमिका निर्बाह गरेको बताए ।

सरकारले एक बर्षमा पाचलाख रोजगारी सृजना गर्ने कार्यक्रम अघि सारेको अबस्थामा सौदर्य ब्यबसायमा मात्र तीन लाख ब्यक्ति प्रत्यक्ष रोजगारीमा संग्लन हुनु सकारात्मक भएको उनको भनाई थियो ।

रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरले आफनो ११ औ बार्षिकोत्सबका अबसरमा ३ जना व्यक्तित्वहरु बरिष्ठ सौन्दर्यविद् डा. राजेश्वरी राज्य लक्ष्मी श्रेष्ठ, चर्चित कलाकार निर्माता निर्देशक दिपाश्री निरौला, संचारकर्मी सुशील अर्याललाई बिशेष सम्मान प्रदान गरिएको थियो । उनिहरुलाई प्रमुख अतिथि गीतकार रसाहित्यकार तथा पूर्व अर्थमन्त्री शंकर प्रसाद कोइरालाले सम्मान गरेका थिए ।

यसैगरी कार्यक्रममा लायन बालकृष्ण बुर्लाकोटी, प्रदेश सभा सदस्य कल्पना नेपाली, निर्माता निर्देशक समाजसेवी मधुकुमार श्रेष्ठ, बरिष्ट समाजसेवी सुभाष गुरुङलाइ समेत सम्मान गरिएको थियो ।