म कसका लागि जन्मिएको हुँ –महेश रेग्मी

म कसका लागि जन्मिएको हुँ –महेश रेग्मी


शून्यतामा आफालिएको यादको
कुनै टुक्रा
मलाई ठक्कर दिन्छ
अतितको शेषजस्तो
कथाको पनि कथा भएर
बाक्लिएको छ- मेरो कोठा ।

मेरो परिचय अलपत्र छ
ठेगाना हराएको सडकमा
मेरो मन हाहाकार गर्छ
कोठाको काँचो वायुमण्डलमा ।

कोठा र कोठाको विषयवस्तु

टेबुलमाथिको कालो कफीको कप
डरभन्दा पनि कडा छ
जसरी कडा थियो- पूर्वपत्नीको जवानी
र, म बिरि्सन्छु आफ्नो जवानी ।

शोक गरिरहेको छ- मेरो कोठा
र, कोठाको जवानी
म शून्य देखिन्छु
मलाई पुग्छु छ-
आफ्नै जन्मको गहिराइमा
मेरो हात शून्य छ
मेरो खुट्टा शून्य छ
मेरो इशारा शून्य छ ।

मेरो चारैतिर
आँखाले गुमाएका दृश्यहरू छन्
पत्रपत्र मेरो जीवनको खुटखबर छैन
म ब्युँझिनुपर्छ
साँच्चै !
म ब्युँझिनुपर्छ
म कसका लागि जन्मिएको हुँ –