रोल्पाको माडी गाउँपालिका-२ ब्याङखोलामा आज (२१ जेठ) बिहान पिकअप गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाए अनुसार दुर्घटनामा परेर एक महिला र दुई पुरुषको मृत्यु भएको छ भने मृतकको सनाखत भइसकेको छैन ।
दुर्घटना भएको पिकअप गाडी सडकबाट करिब ४–५ सय मिटर तल खसेको हो । घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय घर्तिगाउँबाट प्रहरी टोली उद्धारका लागि घटनास्थल पुगेको थियो ।
प्रतिक्रिया