मुस्लिम महिलाको अभियान : ‘छोरीलाई दाइजो होइन शिक्षा देऊ’

मुस्लिम महिलाको अभियान : ‘छोरीलाई दाइजो होइन शिक्षा देऊ’


‘छोरीलाई दाइजो होइन शिक्षा देऊ’ नारासहित मुुस्लिम समुुदायका महिलाले आज विराटनगरमा दाइजोविरुद्ध ¥याली निकालेका छन् ।

इस्लामी सङ्घ नेपालको आयोजनामा दाइजो विरुद्धको १० दिने देशव्यापी अभियानअन्तर्गत निकालिएको ¥याली नगरका मुख्य मुख्य भागको परिक्रमापश्चात् जिल्ला प्रशासन कार्यालयअगाडि आएर कोणसभामा परिणत भएको थियो । मुस्लिम समुदायका महिला तथा युवायुवती सहभागी रहेको ¥यालीमा सहभागीले ‘छोरीलाई दाइजो होइन शिक्षा देऊ’ छोरीलाई पैतृक सम्पत्तिमा अंश देऊलगायत महिला अधिकारका पक्षमा नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

संस्थाका प्रदेश अध्यक्ष मौलाना जुल्फिकार अलीले छोरीलाई दाइजो सट्टा शिक्षा दिई योग्य बनाउनुपर्नेमा जोड दिँदै दाइजोका कारण महिलालाई यातना दिनु मानव सभ्यता विपरीत कार्य रहेको बताए । इस्लामी सङ्घको देशव्यापीरुपमा दाइजोविरुद्ध अभियानअन्तर्गत विराटनगरमा जनचेतनामूलक ¥याली निकालिएको समितिका सदस्य मोहम्मद अफजल हुसैन गुल्जारले जानकारी दिए ।