क्षेत्रपाटीको जुत्ता गोदाममा आगलागी

क्षेत्रपाटीको जुत्ता गोदाममा आगलागी


काठमाडौंको क्षेत्रपाटीमा रहेको एक जुत्ता गोदाममा आगलागी भएको छ । काठमाडौं महानगरपालिका– १७ क्षेत्रपाटीमा रहेको सो जुत्ता गोदाममा बिहीबार बिहान ९ बजेतिर आगलागी भएको हो ।

आगो प्रहरी र स्थानीयवासी र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो । आगलागीबाट के–कति क्षति भयो सोको विवरण आउन बाँकी रहेको बताइएको छ ।