जोगीलाई स्वदेश फर्काउन ५५ लाख रुपैयाँ संकलन

जोगीलाई स्वदेश फर्काउन ५५ लाख रुपैयाँ संकलन


तेह्रथुमको फेदाप गाउँपालिका–२, ओयाक्जुङ घर भई हाल दुबई जेलमा रहेका खड्गबहादुर जोगीलाई स्वदेश फर्काउन ५५ लाख रुपैयाँ जम्मा भएको छ ।

जोगी बचाउ अभियानका अनुसार उनलाई स्वदेश फर्काउन आवश्यक पर्ने ‘ब्लडमनि’ रु. ६२ लाख करिब–करिब जम्मा भइसकेको छ । हालसम्म नेपाल बैंकको खातामा ५५ लाखभन्दा बढी रकम जम्मा भएको र अझै देश विदेशमा जम्मा भएको रकम आउन बाँकी रहेकाले स्वदेश फर्काउन आवश्यक रकम संकलन भइसकेको अभियानले जनाएको छ । जोगीलाई स्वदेश फर्काउन समाजसेवी राधिका पोखरेलले एक लाख रुपैयाँ प्रदान गरेकी छिन् ।

यस्तै युवटुवर भाग्य न्यौपानेले पनि जोगीबारे भिडियो बनाई सहयोग संकलन गरी १० लाख रुपैयाँ हस्तान्तरण गरे । जोगी ०७० सालमा युएई गएका आफूसँगै काम गर्ने फिलिपिनी नागरिकको हत्या आरोपमा चार वर्षदेखि जेल सजाय भोगिरहेका छन् ।

परिवारका अनुसार २०१४ मे ६ मा खड्गबहादुरसँगै काम गर्ने फिलिपिन्सका नागरिक गाडीबाट खसेका थिए । साथी गाडीबाट खसेपछि उनले कम्पनीमा खबर गरे । कम्पनीकै गाडीमा राखेर अस्पताल पु¥याउँदा साथीको मृत्यु भएको थियो । फिलिपिनी साथीको मृत्यु भएकै दिन प्रहरीले खड्गबहादुरलाई अनुसन्धानका लागि पक्राउ गरेको थियो । खड्गबहादुरलाई अदालतले पाँच वर्ष कैद र रु. दुई लाख जरिवाना तिर्नुपर्ने फैसला गरेको छ ।