सहिद स्मारक ए डिभिजन लिग : दुई खेल नखेल्दै मनाङको उपाधिमाथि कब्जा

सहिद स्मारक ए डिभिजन लिग : दुई खेल नखेल्दै मनाङको उपाधिमाथि कब्जा


सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको आजको खेलमा संकटा क्लबलाई निराश पार्दै मनाङ मस्र्याङ्दी क्लबले उपाधि जितेको छ । दुई खेल खेल्न बाँकी रहँदै मनाङले उपाधिमा कब्जा जमाएको हो ।

खेलको पहिलो हाफमा १–० गोलले अग्रता लिएको मनाङले दोस्रो हाफमा थप २ गोल गर्दै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो । खेलको अन्तिम समयमा संकटाले १ गोल फर्काए पनि संकटाका लागि त्यो गोल सान्त्वना मात्र हुन पुग्यो ।

आज (बिहीबार)को जितसँगै मनाङको ३३ अंक पुग्यो भने संकटाको २५ अंक मात्र छ । अब बाँकी रहेका दुवै खेलमा संकटाले बाजी मारे पनि यसले मनाङलाई भेट्ने छैन । अबका बाँकी दुवै खेलमा मनाङ पराजित र संकटा विजयी भए पनि मनाङको उपाधि यात्रामा कुनै फरक पर्दैन ।

बाँकी दुवै खेलमा संकटा विजयी भए पनि संकटाको ३१ अंक मात्र हुनेछ जब कि मनाङको ३३ अंक पुगिसकेको छ । आजको जितसँगै मनाङ सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आठपटक उपाधि चुम्न सफल भएको छ । संकटाले तीनपटक उपाधिको रक्षा गरिसकेको छ ।