सुधार केन्द्रबाट ४९ जना महिलाको उद्धार

सुधार केन्द्रबाट ४९ जना महिलाको उद्धार


काठमाडौंको बूढानीलकण्ठ नगरपालिका– ५ विष्णुमतीस्थित कृपाघर सुधार केन्द्रबाट ४९ जना महिलाको उद्धार गरिएको छ । मापदण्डविपरीत सुधारगृह सञ्चालन गरेको पाइएपछि उनीहरूलाई बिहीबार उद्धार गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरीले केन्द्रका सञ्चालक सुरती गुरुङसहित चारजनालाई नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठ, जिल्ला प्रशासन कार्यालय र माइती नेपालको संयुक्त अनुगमनमा सुधार केन्द्र मापदण्डविपरीत सञ्चालन भएको पाइएको हो ।

उद्धार गरिएका महिलामध्ये २५ जनालाई अभिभावकको र २४ जनालाई माइती नेपालको जिम्मा लगाइएको छ । सो विषयमा थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।