ट्रकको ठक्करले पत्रकार पौडेलको मृत्यु

ट्रकको ठक्करले पत्रकार पौडेलको मृत्यु


चितवनको टाँडीमा ट्रकको ठक्करबाट एपी वान टेलिभिजनका क्यामरा पर्सन प्रवीण पौडेलको मृत्यु भएको छ ।

पौडेल सवार बा.१प ९२१ नम्बरको स्कुटरलाई शुक्रबार बिहान ११ बजेतिर रत्ननगरस्थित निपनी चोकबाट सौराहा जाँदै गरेको अवस्थामा ना.२ख २१६६ नम्बरको ट्रकले ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट घाइते बनेका पौडेलको दिउँसो एक बजे भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पौडेललाई ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको र उनको शव भरतपुर अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ ।