आजको राशिफल (आइतबार, १५ पुस २०७५, डिसेम्बर ३०, २०१८)

आजको राशिफल (आइतबार, १५ पुस २०७५, डिसेम्बर ३०, २०१८)


– जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

श्रीसूर्योदक्षिणायने श्रीशाके १९४०नेपाल संम्वत् १११९ विसं. २०७५ पुस १५ गते आइतबार तद्नुसार सन् २०१८ डिसेम्बर ३० तारिख पौषकृष्णपक्ष अष्टमी तिथि विहान ०/१७पर नवमी तिथि, हस्ता नक्षत्र १३/०३ मा चित्रा नक्षत्र, शोभन योग ११/४८ मा अतिगण्ड योग, तैतिल करण आनन्दादिमा मानस योग चन्द्रमा कन्या राशिमा । काठमाडौंमा सूर्योदय विहान ६/५६मा भयो र सूर्यास्त सांझ १७/१७मा हुनेछ। आज तमुल्होसार पनि छ । शुभ समय- अभिजित ११/ देखि १२/२७,अशुभ समय-राहु काल १६/०० देखि १७/१८,दिशा शूल पश्चिम ।

आजको राशिफल :

मेष राशि – प्रतिरोधात्मक क्षमता बढ्नेछ। आर्थिक पक्ष बलियो बन्नेछ। आरोग्यता बढ्ला । सुखशान्ति बढ्नेछ। आफन्तबाट सहयोग मिल्नेछ। विजयश्री मिल्नेछ। रोकिएको काम बन्नेछ। नयाँ काममा पनि सफलता मिल्नेछ। मान महत्त्व बढ्ला।

वृष राशि – प्रेम प्रस्ताव गर्न राम्रो दिन छ। सन्तान सुख बढ्नेछ। विद्या बुद्धि बढ्नेछ। कला साहित्य गीत संगीतमा आकर्षण बढ्ला। इष्टमित्रको सहयोग समर्थन मिल्नेछ। आफन्तको साथ पाइनेछ। साथीभाइबीच आमोदप्रमोदमा रमाउनुहुनुेछ ।

मिथुन राशि – व्यर्सथको यात्रा हुने र खर्च बढ्ने सम्भावना रहनेछ। अरुको भरमा बस्नु र कार्यमा लापर्वाही गर्नु उचित हुनेछैन। ठूलो रकमको लगानी र महत्त्वपूर्ण कागजपत्रमा हस्ताक्षर गर्दा सचेत रहनुपर्नेछ। विवादिमा नपर्नु उचित होला । स्वास्थ्यप्रति ध्यान राख्नुपर्नेछ।

कर्कट राशि – सुखशान्ति ऐश्वर्य बढ्नेछ। आरोग्यता बढ्नेछ। आयातनिर्यातसँग सम्बन्धित काम बन्ला। लेखनप्रकाशनसँग सम्बन्धित काम बन्ला। विकासको नयाँ सम्भावना देखापर्नेछ।आशा आँट उत्साहमा बढोत्तरी हुनेछ। घरपरिवारको स्थिति सुखदायी रहला । मान प्रसिद्धि बढ्नेछ।

सिंह राशि – आर्थिक र बौद्धिक प्रगति होला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ। वार्तामा सफलता मिल्नेछ। सभासमारोहमा मान पुरस्कार प्राप्त हुनेछ। सानोतिनो घरेलु चिन्ता पनि रहनेछ। मनमा कुनै पनि प्रकारको असन्तुष्टि हुन दिनु उचित नहोला।

कन्या राशि – आरोग्यता बढ्ला। उन्नति पदोन्नति हुनेछ। सुख आनन्द बढ्ला।मान महत्त्व यश धनसम्पत्तिमा वृद्धि हुनेछ। मिठो भोजन पाउनुहुनेछ। भाग्योदय होला। साझेदारिको काम बन्ला। रसरागमा वृद्धि हुनेछ।

तुला राशि – खर्च वृद्धि हुनेछ। लगानी बढ्ला । खेलकूदमा रुचि बढ्नेछ। यात्रा हुनेछ। सवारी साधन सटासाट हुने र कुनै वस्तु हराउने डर रहनेछ।हासविलासमा पनि रुचि बढ्ला। पछुतो लाग्ने गरी भुलचुक हुन सक्ने छ ।

वृश्चिक राशि- आज आयस्रोत बढ्नेछ। रोकिएको काम बन्ला। नयाँ कार्यमा पनि सफलता मिल्नेछ । आर्थिक पक्ष बलयो बन्नेछ। आफन्त सुख मिल्नेछ।दूरदेशबाट शुभ समाचार सुन्नुहुनेछ।

धनु राशि- कार्य क्षेत्रमा सफलता मिल्नेछ। यश वर्चश्व वृद्धि हुनेछ। उन्नति पदोन्नति हुनेछ। सरकारी कार्यमा सफलता मिल्नेछ। श्रेष्ठ व्यक्तिको साथ मिल्नेछ। दायित्व पाउनुहुनेछ। मनोकुलको काम बन्नेछ।

मकर राशि- दूर देशसित सम्बन्धित काम बन्नेछ। यात्रा हुनेछ । भाग्योदय होला । शुभ समाचार मिल्नेछ। मान महता बढ्ला। सुख आनन्दमा वृद्धि हुनेछ।

कुम्भ राशि- सोचिविचारी काम गर्नुपर्नेछ । लोभ लालच ईर्ष्या द्वेषमा पर्नु शोभनीय हुनेछैन। स्वास्थ्य र चोटपटक लाग्नसक्ने कुरामा सचेत रहनुपर्नेछ।ऐनकानूनलाई सम्मान गरेर नै काम गर्नु उचित हुनेछ।

मीन राशि- सुख आरोग्यता बढ्नेछ। मान महत्त्वमा वृद्धि हुनेछ। साझेदारीको काम बन्नेछ। रोकिएको काम बन्नेछ। नयाँ काममा पनि सफलता मिल्नेछ। मिठो भोजन मिल्नेछ। ख्याति फैलिनेछ। जीवनसाथीको सहयोग मिल्नेछ।हासविलासमा रुचि बढ्ला।

यो साताको राशिफल पनि हेर्नुहोस्-

साताको राशिफल (१५-२१ पुस २०७५, डिसेम्बर ३०-जनवरी ५, २०१८)
https://ghatanarabichar.com/131289