आजको राशिफल (सोमबार, १६ पुस २०७५, डिसेम्बर ३१, २०१८)

आजको राशिफल (सोमबार, १६ पुस २०७५, डिसेम्बर ३१, २०१८)


– जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

श्रीसूर्योदक्षिणायने श्रीशाके १९४० नेपाल सं. ११३९ विरोधकृत नामक सम्बत्सर हेमन्त ऋतु वि.सं.२०७५ पुस १६ गते, तद्अनुसार सन् २०१८ दिसम्बर ३१ तारिख सोमबार पौष कृष्णपक्ष दशमी तिथि चित्रा नक्षत्र १२/१९ मा स्वाती नक्षत्र अतिगण्ड योग ९/२६पर सुकर्म योग वणि करण आनन्दादिमा मुद्गर योग चन्द्रमा तुला राशिमा भद्रा १६/५७ पछि । दिसिपूजा । शुभ समय अभिजित (११/४६ देखि १२/२८ राहु काल ८/१२ देखि ९/३० दिशा शूल–पूर्व ।

आजको राशिफल :

मेष राशि – शुभ र भाग्यवर्द्धक काम बन्नेछ । सुख सम्पति मान महत्वमा बढोत्तरी होला । साझेदारीसम्बन्धी काम बन्नेछ । मिठो भोजन प्राप्त होला । उन्नति–पदोन्नति हुनेछ । परिवारजनसित मिलेर पिकनिक पार्टी आदि जाने दिन छ । भोगविलासमा आकर्षण बढ्नेछ । यश ख्याति फैलिनेछ । यात्रामा पनि सफलता मिल्नेछ ।

वृष राशि – आरोग्यता बढ्नेछ । आर्थिक पक्ष बलियो हुनेछ । यात्रामा सफलता मिल्नेछ । नयाँ–नयाँ विकासको अवसर देखापर्ला । आशा–आँट उत्साहमा वृद्धि हुनेछ । लेखन–प्रकाशनसित सम्बन्धित काम बन्नेछ । इष्टमित्रको सहयोग भेट्नेछ । मान–महत्व ऐश्वर्य बढ्नेछ । रोकिएको काम बन्ला । विजयश्री मिल्ला ।

मिथुन राशि – प्रेम रस बढ्नेछ । प्रेमपात्रसित मिलन हुनेछ । बौद्धिक र रचनात्मक काम पनि बन्नेछ । इष्टमित्र सन्तान आदिका साथ पाउनुहुनेछ । पारिवारिक कलह शान्त हुनेछ । मान महत्व बढ्नेछ । गीत–संगीतमा आकर्षण बढ्नेछ ।

कर्कट राशि – भागदौड व्यस्तता रहला । देखापरेको समस्याको समाधान खोज्नुहुनेछ । विवादमा पर्नु र जोखिममा पर्नु उचित हुनेछैन । कुनै पनि महत्वपूर्ण निर्णय र ठुलो रकमको लगानीप्रति सचेत रहनुपर्नेछ ।

सिंह राशि – खेलकुदमा भाग लिनुहुनेछ । यात्रा गर्नुहुनेछ । सुख–आनन्द बढ्ला । धनसम्पत्ति बढ्नेछ । सुख सम्पदा बढ्ला । आरोग्यता वृद्धि होला । इष्टमित्रको साथ मिल्नेछ । ऐश्वर्य बढ्नेछ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुखशान्ति बढ्नुको साथै कार्यमा सफलतमा मिल्नेछ ।

कन्या राशि – वार्तामा सफलता प्राप्त होला । आर्थिक पक्ष सवल बन्नुको साथै मान–सम्मान वृद्धि होला । सभा–समारोहमा भाग लिनुहुनेछ । यश–वर्चश्व र गौरव बढ्ला । सुख–सम्पति वृद्धि होला । आफन्तको सहयोग प्राप्त होला । घरपरिवारको वातावरण अनुकुल होला ।

तुला राशि – स्वास्थ्यमा सुधार हुनेछ । सुख–सम्पदा बढ्ला । उन्नति–पदोन्नति हुनेछ । मिठो भोजन मिल्नुको साथै आनन्द बढ्नेछ । मनोकुलको काम बन्नेछ । भाग्यवर्द्धक काम बन्नेछ ।

वृश्चिक राशि – खर्च लगानी बढ्नेछ । भागदौड व्यस्तता पनि बढ्नेछ । हासविलासमा रुचि बढ्ला । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । सुख–सुविधाको वस्तु किन्नु हुनेछ । योजना र बजेट बनाइ कार्य गर्दा उचित होला ।

धनु राशि – सुख–सफलता बढ्नेछ । अन्नधनमा वृद्धि हुनुको साथै आयस्रोतमा पनि बढोत्तरी होला । रोकिएको काम बन्नुसँगै उधारो लगाइएको धन पनि उठ्ला ।

मकर राशि – कर्मयोगी रहनुहुनेछ । कार्य क्षेत्रमा सफलता हाथ पार्नुहुनेछ । नयाँ दायित्व भेटिनेछ । भएको दायित्वलाई पूरा गर्नुहुनेछ । उच्चाधिकारीको सहयोग मिल्ला । यश–वर्चश्व बढ्ला । राजकीय कार्य पनि बन्नेछ ।

कुम्भ राशि – चन्द्रमा आठौँ स्थानमा भ्रमणशील रहेको छ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक जोखिममा नपर्दा उचित रहनेछ । स्वास्थ्य र चोटपटक लाग्न सक्ने कुराप्रति सचेत रहनुपर्नेछ । ऐनकानूनलाई उपेक्षा नगर्नु उचित हुनेछ ।

मीन राशि – सुख–आनन्द बढ्ला । मान–महत्व बढ्नेछ । मिठो भोजन मिल्ला । साझेदारीको काम बन्नेछ । धन–सम्पत्ति बढ्नेछ । यश–ख्याति फैलिनुको साथै सुख विलास पनि बढ्नेछ ।

यो साताको राशिफल हेर्नुहोस्-

साताको राशिफल (१५-२१ पुस २०७५, डिसेम्बर ३०-जनवरी ५, २०१८)
https://ghatanarabichar.com/131289