मिस्टर युनिभर्समा सहभागी हुने महर्जनको चाहनामा के भने प्रचण्डले ?

मिस्टर युनिभर्समा सहभागी हुने महर्जनको चाहनामा के भने प्रचण्डले ?


नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष ‘प्रचण्ड’ले शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण पदक विजेता नेपाली खेलाडी महेश्वर महर्जनलाई प्राप्त सफलताका लागि बधाई दिएका छन् । प्रचण्ड निवास खुमलटारमा आइतबार आयोजित कार्यक्रममा खेलाडी महर्जनले हालै सम्पन्न शारीरिक सुगठनमा विश्वस्तरको प्रतियोगितामा स्वर्ण पद जितेकामा बधाई दिँदै आगामी दिनमा थप उपलब्धिका लागि उनले शुभकामना दिएका हुन् ।

प्रतियोगितामा प्राप्त सफलताले देशको गौरव उँचो पार्न सहयोग गरेकामा प्रचण्डले महर्जनलाई बधाई दिएका थिए । ‘तपाईँले उत्कृष्ट कौशल देखाउनुभयो । यसबाट नेपाल र नेपालीको शिर गौरवले उच्च भएको छ, विश्वस्तरको प्रतियोगितामा नेपालका तर्फबाट तपाई प्रस्तुतिले नेपाली अवसर पाए कम छैन भन्ने स्पष्ट पारेको छ’, सो अवसरमा प्रचण्डको अभिव्यक्ति थियो ।

उनले पार्टी र सरकारका तर्फबाट शारीरिक सुगठनलगायत नेपालको खेल क्षेत्रलाई अझ विकास गर्ने प्रतिबद्धतासमेत जनाए भने खेलाडी महर्जनजले व्यक्तिगत लगानी र प्रयासमा ७५ किलो तौल समूहमा स्वर्ण पदक जिते पनि यस क्षेत्रमा राज्यले नै सहयोगको वातावरण बनाइदिन आग्रह गर्दै मिस्टर युनिभर्समा समेत सहभागी हुने इच्छा रहेको बताए । उनको यो चाहनाको जवाफमा प्रचण्डले ठोस र प्रष्ट जवाफ भने दिन नसकेका बुझिएको छ ।