नेपाल खेलाडी तथा प्रशिक्षक सङ्घले क्यानडा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपका पदकविजेता राजु नगरकोटी सम्मानित भएका छन् ।
गत सेप्टेम्बरमा क्यानडाको भ्यान्कुभरमा भएको उक्त प्रतियोगिताको पुरुष एकल पुम्सेमा राजुले कांस्य पदक जितेका थिए । उक्त स्पर्धामा १३ खेलाडी सहभागी थिए ।
राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पीताम्बर तिम्सिना, खेलाडी तथा प्रशिक्षक सङ्घका अध्यक्ष महेश महर्जन, डा. खगेन्द्र स्पोर्टस् फाउन्डेसनका संस्थापक डा. खगेन्द्र श्रेष्ठलगायतले राजुलाई खादा, दोसल्ला लगाइदिनुका साथै सम्मानपत्र प्रदान गरी सम्मान गरेका हुन् ।
राजु विगत १७ वर्षदेखि मकाउमा सेक्युरिटी सुपरभाइजरका रूपमा कार्यरत छन् । त्यसका अलावा राजु मकाउ तेक्वान्दो सङ्घमा पनि को–ओर्डिनेटरका रूपमा आबद्ध भई तेक्वान्दाको प्रशिक्षणमा संलग्न छन् । सम्मानित भएपछि राजुले विदेशीय पनि तेक्वान्दोप्रतिको लगाव र माया नघटेको बताउँदै तेक्वान्दोमै समर्पित रहने बताए ।
प्रतिक्रिया