राष्ट्रिय खुला बक्सिङको गण्डकी प्रदेश छनोट सम्पन्न

राष्ट्रिय खुला बक्सिङको गण्डकी प्रदेश छनोट सम्पन्न


वीर गणेशमान सिंह राष्ट्रिय खुला बक्सिङ प्रतियोगिताका लागि गण्डकी प्रदेश खेलाडी छनोट प्रतियोगिता सम्पन्न भएको छ । गण्डकीबाट आठ पुरुष र तीन महिला गरी ११ खेलाडी छनोट भएको मूल आयोजक समितिका संयोजक राजीव श्रेष्ठले जनाएका छन् ।

पोखरामा भएको छनोट प्रतियोगिताको पुरुष ४९ केजीमा नवलपुरका सुरज गुरुङ, ७५ केजीमा बाग्लुङका अनिल थापा, ८१ केजीमा कास्कीका सुसन पुन, ५२ केजीमा बाग्लुङका केशरबहादुर नेपाली, ५६ केजीमा बाग्लुङका दुदबहादुर परियार, ६० केजीमा कास्कीका जेनिश गुरुङ, ६९ केजीमा नवलपुरका सविन गुरुङ र ६४ केजीमा कास्कीका पवन गुरुङ छनोट भए । त्यस्तै, महिलाको ४८ केजीमा आकृति गुरुङ, ५१ केजीमा मिना घले र ६० केजीमा सिसम थापामगर छानिए । तीनै खेलाडी कास्कीका हुन् ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का कोषाध्यक्ष शैलेश कर्माचार्यलगायतले पुरस्कृत गरेका थिए । दुईदिने छनोटमा ४ जिल्ला कास्की, बाग्लुङ, तनहुँ र नवलपुरका २५ खेलाडी सहभागी थिए । राष्ट्रिय प्रतियोगिता गणेशमान सिंह फाउन्डेनको आयोजनामा माघ २२ गतेदेखि काठमाडौंमा हुँदै छ ।