टीआई ओपन तेक्वान्दोमा नेपाललाई सात स्वर्ण

टीआई ओपन तेक्वान्दोमा नेपाललाई सात स्वर्ण


भारतमा भएको टीआई ओपन तेस्रो अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालले सातवटा स्वर्ण पदक जित्न सफल भएको छ । भारतको कोलकातामा गत २८ डिसेम्बरदेखि शुरु च्याम्पियनसिपमा नेपालले पुम्सेमा तीन र ग्यरोगीमा चार स्वर्ण जित्न सफल भएको टिम अफ हेड रोशन खानले जानकारी दिएका छन् ।

फाइटतर्पm जुनियर ५३ केजीमुनि विजय गुरुङ, क्याडेट ३६ केजीमुनि रक्षा बुढाथोकी, २२ केजीमुनि विपिसा केसी र ४६ केजीमुनि अलिसा दनुवारले स्वर्ण पदक जित्न सफल भएका थिए । पुम्सेतर्पm रोशन खान, हिमलाल बेलबासे र निशा श्रेष्ठले नेपाललाई स्वर्ण पदक दिलाएका थिए ।

पुम्सेमै विपिसा विकले फाइनलको यात्रा तय गरे पनि स्वर्ण जित्न असफल भइन् । सञ्चिता थापामगर भने कांस्य पदकै सीमित भइन् । नेपाली टोलीको प्रशिक्षकमा सञ्जय विश्वकर्मा, अजय नेपाली, राजेशकुमार तामाङ, मेलिना गुरुङ र दीपनारायण चौधरीले नेपाली टोलीको प्रशिक्षण समालेका थिए ।

च्याम्पियनसिपमा प्रकाशमान राजभण्डारी र सुनीलबहादुर आलेमगरले निर्णायकको भूमिका निर्वाह गरेको नेपाली टोलीकी व्यवस्थापक उमा अधिकारीले जानकारी दिइन् ।