सातौँ विश्व कुङफु च्याम्पियनसिपमा नेपाली उमा कुङफु टोलीले ६ स्वर्ण जितेको छ । थाइल्याण्ड कुङफु सङ्घको तत्वाधान तथा विश्व कुङफु महासङ्घद्वारा थाइल्याण्डको फुकेटमा यही पुस १४ देखि १७ सम्म भएको प्रतियोगितामा नेपालले ६ स्वर्णका अलावा थप पाँच रजत पनि जितेको नेपाल उमा कुङफु सङ्घका अध्यक्ष सिद्धार्थ लामा तामाङले बताए ।
पुरुष थाउलुमा आयुव घिमिरे, पुरुष सान्डा ५५ केजीमा सुनबहादुर तामाङ, पुरुष सान्डा ७० केजीमा आर्योन राई, महिला थाउलुको सर्ट वेपनमा सियाङ तामाङ, महिला थाउलुमा सौन्दर्य गुरुङ र पुरुष मकी थाउलुमा कमल मगरले नेपाललाई स्वर्ण दिलाएका हुन् । प्रतियोगितामा विभिन्न १२ राष्ट्रका करीब २५० खेलाडीको सहभागिता रहेको उमा कुङफु सङघले जनाएको छ ।
यसैगरी भारतमा भएको तेस्रो अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालले मंगलबार सात स्वर्ण पदक जितेको छ ।
भारतको कोलकातामा यही पुस १४ गतेदेखि शुरु च्याम्पियनसिपमा नेपालले पुम्सेमा तीन र ग्यरोगीमा चार स्वर्ण जित्न सफल भएको टोली व्यवस्थापक रोशन खानले जानकारी दिए ।
बताइएअनुसार फाइटतर्पm जुनियर ५३ केजीमुनि विजय गुरुङ, क्याडेट ३६ केजीमुनि रक्षा बुढाथोकी, २२ केजीमुनि विपिशा केसी र ४६ केजीमुनि अलिसा दनुवारले स्वर्ण पदक जित्न सफल भएका थिए । पुम्सेतर्पm रोशन खान, हिमलाल बेलबासे र निसा श्रेष्ठले नेपाललाई स्वर्ण पदक दिलाए ।
पुम्सेमै विपिसा विकले फाइनलको यात्रा तय गरे पनि स्वर्ण जित्न असफल भइन् । सञ्चिता थापामगर भने कास्य पदमा सीमित भइन् । नेपाली टोलीको प्रशिक्षकमा सञ्जय विश्वकर्मा, अजय नेपाली, राजेशकुमार तामाङ, मेलिना गुरुङ र दीपनारायण चौधरी रहेको छ ।
प्रतिक्रिया