उत्तरभेगीय शैक्षिक मञ्च (नेफ) को आयोजनामा हुने चौथो नेफ साइपाल यू–१६ अन्तरविद्यालय फुटबल प्रतियोगितामा ६० ब्वाइज टिमले सहभागिता जनाउने भएका छन् ।
प्रतियोगिता माघ ७ देखि १२ गतेसम्म चाबहिलको गणेशस्थान फुटबल मैदानमा हुने नेफका अध्यक्ष नारायण रोकाले जानकारी गराए । सिक्स ए साइड स्वरूपमा हुने प्रतियोगिता नकआउट आधारमा खेलाइनेछ ।
प्रतियोगिताबाट उत्कृष्ट २० खेलाडी छनोट गरी फिलिपिन्समा मार्चमा हुने प्रतियोगितामा सहभागी गराइने अध्यक्ष रोकाले जनाएका छन् । गत संस्करणमा पनि उत्कृष्ट खेलाडीलाई स्विडेनमा प्रतियोगिता खेल्ने अवसर प्रदान गरिएको थियो ।
त्यस्तै साइपाल एकडेमीले उत्कृष्ट ३० खेलाडीलाई प्लस टु अध्ययनका लागि ६० हजार रुपैयाँबराबरको छात्रवृत्ति प्रदान गर्ने जनाएको छ ।
प्रतिक्रिया