दुर्घटनामा एकको मृत्यु, एक मृत फेला

दुर्घटनामा एकको मृत्यु, एक मृत फेला


काठमाडौं चन्द्रागिरि नगरपालिका–१५ ढुंगेअड्डास्थित सडकमा ना.३ख २४१ नम्बरको कन्टेनरले बा.७६प ४५३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक नैकापका २४ वर्षीय गिभसन अधिकारीको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

मंगलबार साँझ भएको सो दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रकका चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी काठमाडौं महानगरपालिका–२७ जमलमा अन्दाजी ४५ वर्षीय पुरुष मृतावस्थामा फेला परेका छन् । उनको पहिचान नखुलेको प्रहरीले जनाएको छ ।