जिखेवि समिति गुल्मीद्वारा १४२ प्रदेश खेलाडी छनोट

जिखेवि समिति गुल्मीद्वारा १४२ प्रदेश खेलाडी छनोट


रमेश विश्वकर्मा, गुल्मी

जिल्ला खेलकुद विकास समिति गुल्मीले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५ को लागि प्रदेश खेलाडी छनौट गरेको छ । विभिन्न विधाका खेलमा एक सय ४२ जना खेलाडी छनौट गरेको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । जसमा डब्लुटिएफ तेक्वान्दो पुरुष महिला, कबड्डी पुरुष महिला, फुटबल पुरुष, एथलेटिक्स पुरुष महिला, टेबल टेनिस पुरुष, ब्याडमिन्टन पुरुष, बक्सिङ्ग पुरुष, आईटीएफ तेक्वान्दो पुरुष महिला, कराँते पुरुष महिला र भलिबल पुरुष महिलाको लागि खेलाडी छनौट गरेको जिल्ला खेलकुद विकास समिति गुल्मीका अध्यक्ष कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

खेल गत मंसिर २५ देखि २८ गतेसम्म सञ्चालन भएको थियो । जसमध्ये अहिले छनौट भएका खेलाडीको नाम सार्वजनिक गरिएको खेलकुद विकास समिति गुल्मीका कार्यालय प्रमुख डिल्ली बिकले बताए ।

खेलकुद विकास समिति गुल्मीले डब्लुटिएफ तेक्वान्दो पुरुषतर्फ दिपेन्द्र चुदारा, अरुण ताम्राकार, झविन्द्र रेग्मी, दिपेश पुन, मनोज पाण्डे, देव सोमै, भिमप्रकाश राना र खेतबहादुर राकसकोटीलाई छनौट गरेको छ । त्यस्तै डब्लुटिएफ तेक्वान्दोतर्फकै महिलातर्फ दिपा पुन, कश्मिरा थापा, माया बुढा, सपना सारु, सुजन्ता बलाल, रन्जना नेपाली, पद्मा पुन र मनिषा राकसकोटी गरि जम्मा १६ जनालाई छनौट गरेको छ ।

त्यस्तै कबड्डी पुरुषतर्फ गणेश पुन मगर, सन्दिप भर्ताल, श्यामलाल बुढा मगर, सन्तोष मुखिया, आकाश बुढा मगर, प्रज्वल विक्रम कुँवर, कमल पाण्डे र मोहन थापालाई छनौट गरेको छ । कबड्डी महिलातर्फ सिता राना, सविना क्षेत्री, चुरीकुमारी राना, हरिमाया सिंजाली, दुर्गा बिक, अरुण रायमाझी, सचिना क्षेत्री, मञ्जु राकसकोटी, रन्जना बिक र कल्पना कार्की गरि जम्मा २० जनालाई छनौट गरेको छ ।

यस्तै, फुटबल पुरुषतर्फ नवीन श्रेष्ठ, कपिल राकसकोटी, आशिष श्रेष्ठ, शिशिर थापा मगर, विनोद केसी, अमृत मरासिनी, कल्याण भुजेल, महेन्द्र केसी, विशाल अधिकारी, जीवन खड्का, रमेश चुदारा, विनय बस्नेत, युवराज बुढा मगर, सन्तोष बिक, गणेश पाण्डे र अभिषेक श्रेष्ठ गरि जम्मा १६ जनालाई जिल्ला खेलकुद विकास समिति गुल्मीले छनौट गरेको छ ।

एथलेटिक्स पुरुषतर्फ ओमबहादुर नगरकोटी र महिलातर्फ दुर्गाकुमारी भर्ताल, धनमाया राना र गीता बिक छनौट भएका छन् भने टेबल टेनिसतर्फ मीनबहादुर वुचा र अनिल भण्डारी छनौटमा परेका छन् । ब्याडमिन्टन पुरुषतर्फ झमन फौजा मगर, बैकुण्ठ श्रेष्ठ र विवेक शर्मालाई छनौट गरिएको छ ।

यसैगरी वसिङ्गतर्फ कुमार बुढा, रविन्द्र बुढा, टोपबहादुर काला, निमप्रसाद राहादी र सुर्यबहादुर काला गरि पाँचजना छनौट गरिएको जिल्ला खेलकुद विकास समिति गुल्मीले जनाएको छ । त्यस्तै क्रिकेटतर्फ असिम वास्ताकोटी, सरोज पौडेल, राहुल भट्टराई, रमेश कामी, त्रिदेव कार्की, असविन हमाल, कौशलसिंह सार्की, आकाश खड्का, महेन्द्र सुवेदी, अर्जुन गिरी, सुसन्देश पुन, ज्योती भण्डारी, शंकर बिष्ट, प्रकाश कार्की, सुवास विक, सन्तोष सोमै, लालबहादुर भुजेल, रमेश श्रीस र प्रकाश सुर्यवंसी गरि १९ जना छनौट भएका छन ।

आईटीएफ तेक्वान्दो पुरुषतर्फ वीरेन्द्र कुँवर, श्रीप्रसाद बुढाथोकी, विकल पौडयाल, सागर श्रेष्ठ, प्रविन श्रेष्ठ, अषिम वुचा मगर, सुरेश सोमै र महिलातर्फ सविना श्रेष्ठ, पुजा रसायली, सर्मिला बुढाथोकी, सिमा खासु, रचना सोमै सृष्टि पन्थ, सुस्मिता राना र प्रतिक्षा दर्लामी गरि १६ जना छनौट गरिएको छ ।

कराँते पुरुषतर्फ भिबहादुर बलाल, विजय सारु, जङ्गबहादुर राना, लक्ष्मण थापा सोमै, रोहित श्रेष्ठ, अमर पल्ली, चन्द्रबहादुर रासकोटी, महिलातर्फ ः अन्जना सारु, आरती खत्री, रक्षा शाही ठकुरी, सरस्वती सारु, दिपा राना मगर र गिता पुवारे छनौट भएका छन । कराँतेतर्फ नै टिम कातामा रमेश श्रीस, ओमबहादुर राना, कुमार थापा, सपना रिजाली, पुर्णकला घर्ती मगर, शोभा पल्ली, सिंगल कातामा मोहन घर्ती मगर र भगवती राना छनौट भएका छन् ।

यसैगरी भलिबल पुरुषतर्फ नारायण सिंजाली, दिपेन्द्र सिंजाली, मौसम कुँवर, कृष्ण बिक, सन्दिप बिक, राजु रजाली, कमल श्रेष्ठ, दिपेन्द्र श्रेष्ठ, डोलबहादुर थापा र श्रीकृष्ण छन्त्याल छनौट भएका छन् । महिला भलिबलतर्फ खिमा थापा, माया थापा, देउरुपा राहादी, सीता तरामु, सृजना राहादी, खुस्बु पुलामी, विन्जु थापा, मीना पोख्रेल, सम्झना पोख्रेल र कल्पना थापा छनौट भएको खेलकुद विकास समिति गुल्मीका अध्यक्ष भण्डारीले जानकारी दिए ।

प्रदेश छनौटको खेल आउँदो माघमा हुने बताइएको छ ।