प्रदेश ५ मा हुने आठौँ राष्ट्रिय खेलकुदका लागि गठित आठौँ राष्ट्रिय खेलकुद कार्यकारी समितिको तेस्रो बैठक राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव एवं कार्यकारी समितिका अध्यक्ष केशवकुमार विष्टको अध्यक्षतामा पुुस १८ गते बुधबार लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा बसेको छ ।
बैठकले जिल्लालाई जिल्ला छनोट तथा खेल सामग्रीका लागि निकासा गरेको रकम र जिल्ला कोटा अनुमोदन गर्ने निर्णय गरेको राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जनाएका छन् । प्रदेशबाट राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडी, प्रशिक्षक, व्यवस्थापक, संघ प्रतिनिधिको कोटा अनुमोदन गर्ने निर्णय गर्नुका साथै प्रदेश छनोट मिति र राष्ट्रिय खेलकुदको मिति बोर्डमा प्रस्ताव गर्ने निर्णय गरेको छ ।
त्यस्तै, राष्ट्रिय खेलकुदका लागि गठित विभिन्न उपसमितिहरूलाई एक हप्ताभित्र पूर्णता दिने तथा ओलम्पिक टर्चलाई विराटनगरबाट सबै प्रदेशमा पु¥याउने गरी लुम्बिनी हुँदै नेपालगन्जसम्म लाने निर्णय बैठकले गरेको छ ।
प्रदेश छनोट र राष्ट्रिय खेलकुदका साथै दक्षिण एसियाली खेलकुद (साग) सम्म खेलाडी दुर्घटना बिमा गर्ने निर्णय भएको छ । मुख्य मिडिया सेन्टर नेपालगन्जमा स्थापना गर्ने, पदक र पोसाक छनोट उपसमितिबाट छनोट भएका नमुनालाई छलफल गरी अनुमोदन गर्ने तथा एनआरएन खेलाडी सहभागिताका सम्बन्धमा युवा तथा खेलकुद मन्त्रलयसँग समन्वय गरेरे टुंगो लगाउनेलगायतका निर्णय भएको छ ।
प्रतिक्रिया