सुपरिचत क्रिकेट प्रशिक्षक रमाकान्त अचरेकरको निधन भएको छ । अचरेकरको पुस १७ गते आफ्नै निवासमा शिवाजी पार्क मुम्बईमा निधन भएको हो । उनी लामो समयदेखि नसासम्बन्धी रोगले पीडित थिए । अचरेकर ८७ वर्षका थिए ।
अचरेकरको पुस १८ गते मुम्बईमा अन्तिम संस्कार गरिएको थियो । अचरेकरको अन्तिम संस्कारमा उनका शिष्य तथा क्रिकेटका भगवानको संज्ञा पाएका सचिन तेन्दुलकरको पनि उपस्थिति थियो । अचरेकर सचिनका बचपनका प्रशिक्षक हुन् । उनकै प्रशिक्षणमा सचिनले क्रिकेटको शुभारम्भ गरेका थिए ।
अचरेकरको अन्तिम संस्कारमा विनोद काम्बली, बलविन्दर सिंह, चन्द्रकान्त पण्डित, अतुल रानाडे, अमोल मजुमदार, रमेश पावार, पारस हम्मब्रे, विनायक सावन्त, निलेश कुलकर्णी, विनोद राघवन, प्रदीप सुन्दरम, रत्नाकर सेट्टी, महाराष्ट्र नवनिर्माण सेनाका प्रमुख राज ठाकरेलगायतको उपस्थिति थियो ।
प्रतिक्रिया