चीनमा आठ लाख सामाजिक संस्था दर्ता

चीनमा आठ लाख सामाजिक संस्था दर्ता


चीनको नागरिक मामिला मन्त्री हुअङ शुसिआनले देशभरी आठ लाख भन्दा बढी सामाजिक संस्था दर्ता भएको जानकारी दिएका छन् । बिहीबार भएको एउटा भिडियो सम्मेलनमा उहाँले चीनका सामाजिक संघसंस्थाहरु विभिन्न प्रकृतिका रहेको बताए ।

चीनमा सामुदायिक समूहहरु, कोष, औद्योगीक संस्था र गैर–नाफामुलक विभिन्न संस्थाहरु सामाजिक संस्थाका रुपमा क्रियाशिल रहेको उनको भनाई छ ।

देशमा अवैध रुपमा रहेका पाँच हजार ८४५ ओटा सामाजिक संस्थाहरुका बारेमा अनुसन्धान गरेर गत बर्ष बन्द गरिदिएको पनि मन्त्री शुसिआनले जानकारी दिए । चीनमा झण्डै १२ हजार स्वयमसेवी संस्थाहरु दर्ता भएका छन् । ती संस्थाहरुका झण्डै दश करोड स्वयमसेवकहरु दर्ता छन् ।

ती स्वयमसेवकहरुले एक अरब २० करोड घण्टा स्वयमसेवी काम गर्ने मन्त्री शुक्षीनले बताए । (रासस/सिन्ह्वा)