बागडोलस्थित फर्निचरमा आगलागी

बागडोलस्थित फर्निचरमा आगलागी


ललितपुर महानगरपालिका–४ बागडोलस्थित फर्निचर पसलमा आज आगलागी भएको छ ।

भारतीय नागरिक विनय गौतमले सञ्चालन गरेको अच्युत पराजुलीको नाममा रहेको सोफा डेकर प्रालिमा आगलागी भएको सानेपा प्रहरी प्रभागका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी गराए ।

उनका अनुसार आगलागीबाट पसलमा भएका सबै फर्निचर जलेका छन् । विद्युत् विच्छेदन भई आगलागी हुँदा करीब रु ४० लाखको नोक्सान भएको उनले जानकारी गराए ।