गुणराज ‘मुवाँथाई प्लेयर अफ दी एयर’ घोषित

गुणराज ‘मुवाँथाई प्लेयर अफ दी एयर’ घोषित


नेपाल राष्ट्रिय मुवाँथाई सङ्घले गुणराज रुचाललाई ‘मुवाँथाई प्लेयर अफ दी एयर– २०१८’ अवार्ड र नगदसहित सम्मान गरेको छ । गत वर्ष गरेको प्रदर्शनका आधारमा गुणराजलाई अवार्डसहित नगद २० हजार रुपैयाँ प्रदान गरिएको मुवाँथाई सङ्घका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् ।

थाइल्यान्डको बैंककमा भएको १५औँ विश्व मुवाँथाई च्याम्पियनसिपमा सहभागी गुणराजले नेपालमा भएको तेस्रो के ब्याग अन्तर्राष्ट्रिय मुवाँथाईमा स्वर्ण जितेका थिए । अध्यक्ष कक्षपतिका अनुसार गुणराजले गत डिसेम्बरमा कम्बोडियामा सम्पन्न दोस्रो खुनखेमर विश्व च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

गुणराजलाई नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका पूर्वधावक जितबहादुर केसी, सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रका केन्द्रपति प्रमुख सेनानी शशिकिरण रायमाझीलगायतले नगद, अवार्ड र सम्मानपत्र प्रदान गरे ।