बास्केटबलमा बीएमके र साइपाल सफल

बास्केटबलमा बीएमके र साइपाल सफल


आयोजक विशाल मिलन केन्द्र (बीएमके) र डिफेन्डिङ च्याम्पियन साइपालले तेस्रो बुम महिला बास्केटबल प्रतियोगितामा सफलता हात पारेका छन् । चण्डोलस्थित घरेलु कोर्टमा बीएमकेले अर्को आयोजक एनसीसीएसलाई ३८–३७ को झिनो अन्तरले पराजित ग¥यो । रोमाञ्चक खेलमा बीएमकेकी कृषा धनलेखाले १० अङ्क जोडिन् ।

सुरुका दुई क्वार्टरमा पछि परेको स्थितिलाई उल्ट्याउँदै बीएमकेले नतिजा आफ्नो पक्षमा पार्न सफल भएको थियो । बीएमके पहिलोमा ८–१२ तथा दोस्रोमा ७–१० ले पछि परेको थियो । बीएमकेले तेस्रोमा ११–९ तथा चौथोमा १२–६ को अग्रता बनाउँदै पहिलो जित हात पा¥यो । दुई खेल खेलेको बीएमके यसअघि समृद्धि गोरिल्लाजसँग पराजित भएको थियो ।

साइपालले समृद्धिलाई ४३–३६ ले हराउँदै विजयी शुरुवात ग¥यो । पहिलो क्वार्टरमा साइपालले ९–२ को अग्रता लियो भने दोस्रो १५–१५ को बराबरीमा सकियो । तेस्रो क्वार्टरमा समृद्धि १०–१३ ले अगाडि रह्यो । चौथो क्वार्टरमा साइपालले ९–६ को प्रदर्शन ग¥यो । दुई खेलमा समृद्धिको पहिलो हार हो । गत शनिबार समृद्धिले आयोजक बीएमकेलाई हराएको थियो । साइपालको पहिलो खेल हो । प्रतियोगिताअन्तर्गत पुस २३ गते सोमबार साइपाल र बीएमके तथा काठमाडौं नर्थ पोल क्लब र समृद्धिबीच खेल हुनेछ ।