टेटे खेलाडीलाई सामग्री हस्तान्तरण

टेटे खेलाडीलाई सामग्री हस्तान्तरण


राष्ट्रिय खेलकुद परिषदअन्तर्गत प्रदेश नम्बर ३ ले जुनियर टेबलटेनिस खेलाडीलाई पुस २२ गते आइतबार खेल सामग्री वितरण गरेको छ । राखेपका सदस्य एवं प्रदेश ३ का संयोजक सुदिल शाही र कार्यालय प्रमुख लीलाराम बस्नेतले करिब ५५ खेलाडीलाई खेल सामग्री हस्तान्तरण गरे । अब त्यत्ति नै सङ्ख्यामा खेलाडीलाई सामग्री वितरण गर्न बाँकी रहेको बताइएको छ ।

जापानका भेट्रान टेबलटेनिस खेलाडीद्वय सिजोओ मियाकी र वातानाबेबाट सहयोगस्वरूप प्राप्त खेल सामग्री खेलाडीलाई वितरण गरिएको हो । खेलाडीलाई वितरण गर्नुअघि मियाकीले करिब २ लाख २५ हजार तथा वातानाबेले बल सहयोगस्वरूप संयोजक शाहीलाई प्रदान गरेका थिए ।