भारतीय मार्सलआर्ट संस्थानको आयोजनामा भारतको जयपुरमा हुने विश्व कुमिते च्याम्पियनसिपमा सशस्त्र प्रहरी बलको टिमले सहभागिता जनाउने भएको छ । भारतमा १० देखि १३ जनवरीसम्म हुने च्याम्पियनसिपमा एपीएफमा रहेको नेसनल सोतो करातेका खेलाडीले सहभागिता जनाउन लागेका हुन् ।
११ खेलाडी, अफिसियल र कोचसहित १३ सदस्यीय टोलीलाई एपीएफका डीआईजी सुरजकुमार श्रेष्ठले बिदाइ गरे । सो च्याम्पियनसिपमा ४० देशको सहभागिता रहने एपीएफले जनाएको छ । बिदाइ कार्यक्रममा टोलीलाई एजिलिटी इन्टरनेसनलका डेपुटी सीईओ स्टेवार्ड चेवाङले ट्रयाकसुट प्रदान गरेका थिए । एजिलिटीले एसियाडमा सहभागी खेलाडीलाई पनि खेलकुद सामग्री प्रायोजन गरेको थियो ।
गजेन्द्र साउदको नेतृत्वमा रहेको टोलीका प्रशिक्षकमा वीरबहादुर रनेनी छन् । सहभागी खेलाडीहरूमा कल्पना बस्नेत, सुजन श्रेष्ठ, वीरबहादुर तामाङ, रोहित बुढाथोकी, मोहम्मद आलाम, सुवास घताने, सुशील पौडेल, सन्तोष राई, रूपा महर्जन, मनीष चौधरी र सनी राई छन् । सो च्याम्पियनसिमा राजेन्द्र कपाली, सञ्जय रञ्जित, साइला गमाल, पदम बलामी, गणेश आर्याललगायतले रेफ्रीको भूमिका निर्वाह गर्नेछन् । बिदाइ कार्यक्रममा नेसनल सोतो सङ्घका अध्यक्ष राजेन्द्र बानियाँ, उपाध्यक्ष बलबहादुर कुँवर, सुरज अधिकारी, फणीन्द्र ओझालगायतको उपस्थिति थियो ।
प्रतिक्रिया