विचौलियाहरू प्रहरी नियन्त्रणमा

विचौलियाहरू प्रहरी नियन्त्रणमा


काठमाडौंको ताहाचलस्थित श्रम तथा वैदेशिक रोजगार विभागबाट प्रहरीले सातजना विचौलियाहरूलाई नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलिले आज विहान विभागमा श्रम स्विकृतिका लागि आउने सेवाग्राहीहरूलाई विभिन्न प्रलोभन देखाई अनावश्यक दुःख दिने सात जनालाई नियन्त्रणमा लिएको हो । महानगरीय प्रहरी वृत्त कालिमाटीले घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

यसैगरी, महानगरीय प्रहरी प्रभागबाट खटिएको प्रहरी टोलीले प्रहरीलाई घुस दिन खोज्ने ट्रकचालकलाई पक्राउ गरेको छ । बा.२ ख ८७१२ नम्बरको ट्रकमा ओभरलोड बालुवा ल्याउँदै गरेको अवस्थामा महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट पिकेट ड्युटीमा खटिएको प्रहरी टोलिले कागजपत्र चेकजाँच गर्दा जडिबुटि बस्ने उदयपुरका ट्रकचालक छिरीङ लामाले ब्लु बुकभित्र २ सय राखी प्रहरीलाई दिएकोले छिरिङ लामा र ट्रकलाई नियन्त्रमा लिएको हो ।