भुटानलाई हराउँदै बङ्गलादेश फाइनलमा प्रवेश

भुटानलाई हराउँदै बङ्गलादेश फाइनलमा प्रवेश


तोहुरा खातुनको ह्याट्रिकसँगै बङ्गलादेशले भुटानलाई पराजित गर्दै साफ वुमन्स च्याम्पियनसिप–२०२४ को फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज (११ कात्तिक) भएको पहिलो सेमिफाइनल खेलमा बङ्गलादेशले भुटानलाई ७–१ को फराकिलो गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।

बङ्गलादेशकी तोहुरा खातुनले ह्याट्रिक गरिन् । त्यस्तै साविना खातुनले दुई गोल गर्दा ऋतु पोर्ना चक्मा र सेउली अजिम समान एक÷एक गोल गरेका हुन् । भुटानका लागि डेकी लाजोमले एक गोल फर्काइन् । प्रतियोगिताअन्तर्गत दोस्रो सेमिफाइनल आज साँझ ६ः३० बजे नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ ।